विराटनगर, १९ बैशाख । गायक सिताराम पोखरेल र गायिका रचना रिमाल को स्वरमा रहेको नयाँ नेपाली गीत ‘मुद्दा हालेर’ सार्वजनिक भएको छ।
मुनाल शिशिर कोइराला को शब्द तथा संगीत रहेको उक्त गीत बिकल्प क्रिएशन मार्फत सार्वजनिक गरिएको हो। समसामयिक कथावस्तु र प्रस्तुतीकरणका कारण गीतले दर्शकमाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण टिमले गरेको छ।
प्रेममा आइपर्ने विभिन्न कठिन अवस्था र मायामा हुने मतभेदलाई गीतमा आकर्षक ढंगले चित्रण गरिएको छ। लोक–आधुनिक शैलीमा तयार गरिएको यस गीतले प्रेमका उतारचढावलाई कलात्मक रूपमा प्रस्तुत गर्छ।
सुजन श्रेष्ठ को छायांकन, सुवास शाह को सम्पादन तथा मुनाल शिशिर कोइराला को निर्देशनमा तयार भएको म्युजिक भिडियोमा श्रीदेव भट्टराई र तुलसी खड्का को अभिनय देख्न सकिन्छ।