कानून दिवसको अवसरमा जेष्ठ कानून व्यवसायीहरु सम्मानीत

Logo
Popular News मंगलबार, बैशाख २५, २०८१

ईनरुवा, २५ बैशाख । सुनसरीस्थित इनरुवामा कानून दिवसको अवसर पारेर कानून व्यवसायी पेशामा लामो समय देखि कार्यरत रही कानून, न्याय क्षेत्रमा योगदान पु¥याएको ७ जना कानून व्यवसायीहरुलाई सम्मान गरिएको छ ।

नेपाल बार एशोसिएशन बार इकाई सुनसरीको आयोजनामा जेष्ठ कानून व्यवसायीहरुलाई कानुन दिवसको अवसरमा सम्मान गरिएको हो । सम्मानीत हुनेमा कानून व्यवसायीहरु भवानी प्रसाद कोईराला, घनश्याम अधिकारी, हरिकृष्ण कर्मचार्य, गंगा बहादुर कार्की, हरि नारायण चौधरी, देवि प्रसाद पोखरेल रूद्रविर जंग राणा रहेका छन् ।

वहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा सुनसरी जिल्ला अदालतका माननीय न्यायाधिश मुकेश उपाध्याय, बरिष्ठ अधिवक्ताहरु अर्जुन मेहता, हेमराज पोखरेल, रामप्रसाद घिमिरे, सुमनचन्द्र कार्की तथा कानून व्यवसायी परिषदका सदस्य प्रेम पोखरेलले सम्मान गरेका थिए ।

नेपालमा विसं २००८ मा प्रधानन्यायाधीश ऐन जारी भई विसं २००९ वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा कानुन दिवस मनाउन थालिएको हो । न्यायालय कार्यपालिकाको छाँयाबाट मुक्त भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । नागरिकहरूको निष्पक्ष न्याय अनि समानताको चाहनालाई पूर्वपरिभाषित गर्दै हरेक वर्ष कानुन दिवस विभिन्न कार्यक्रमहरू आयोजना गर्दै मनाइन्छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

छिटै आउदै छ

सम्पर्क

025-566800