कोशी–६ का वडा अध्यक्षजुडिलाल कौडगिया पार्टीबाट निष्कासित

Logo
Popular News शनिबार, भाद्र २०, २०८३

इनरुवा, २० भदौ । कोशी गाउँपालिका–६ का वडा अध्यक्ष जुडिलाल कौडगियालाई जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीबाट निष्कासन गरेको छ।

जसपा नेपालबाट उम्मेदवारी पाएर स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित कौडगियाले पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत गतिविधि गरेको आरोप लगाउँदै पार्टीले उनलाई कारबाहीस्वरूप निष्कासन गरेको जनाएको छ। पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरेपछि उनको वडा अध्यक्षको पद धरापमा परेको छ ।

पार्टीले वडा अध्यक्ष कौडगियामाथि पार्टीको निर्देशन तथा निर्णयको अवज्ञा गरेको र पार्टीको नीति तथा सिद्धान्तअनुसार कार्य नगरेको आरोप लगाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800