सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु, एक जना घाइते

Logo
Popular News मंगलबार, कार्तिक १८, २०८३

इनरुवा, १७ कार्तिक । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा भारतको तमिलनाडु राज्यको चेन्नई निवासी ४७ वर्षीय वसन्तकुमार बालारामाडु रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार दुर्घटनामा परी भारतीय मूलका शैलेस किसन पट्टेल घाइते भएका छन्। उनीसँग न्युजिल्यान्डको राहदानी फेला परेको प्रहरीले जनाएको छ।

मंगलबार बिहान फेरिचेस्थित हेलिप्याडमा अवतरण गर्ने क्रममा फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

प्रहरीका अनुसार फिस्टेल एयरको हेलिकोप्टरमा पाइलटसहित तीन जना सवार थिए भने डायनेस्टी एयरको हेलिकोप्टरमा पाइलट मात्रै रहेका थिए। दुर्घटनामा दुवै हेलिकोप्टरका पाइलट भने सकुशल रहेका छन्।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800