विराटनगरसँग जनकपुर २ रनले पराजित

Logo
Popular News मंगलबार, कार्तिक १८, २०८३

इनरुवा, १७ कार्तिक । एन्ड्रे रसेलले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिएपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ।

अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक रहेको अवस्थामा जनकपुरले १० रन मात्र जोड्न सक्यो।

रसेलले अन्तिम बलमा सैफ हसनलाई आउट गराउँदै विराटनगरको जित सुनिश्चित गरे। सैफले ४८ बलमा ७१ रन बनाए। उनलाई बासिर अहमदले क्याच आउट गराए। सैफले आफ्नो इनिङ्समा २ चौका र ५ छक्का प्रहार गरे।

यसअघि रसेलले अन्तिम ओभरको दोस्रो बलमा जनकपुरका कप्तान हरमित सिंहलाई खाता खोल्न नदिई क्याच आउट गराएका थिए।

रसेलले ४ ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए। उनको उत्कृष्ट प्रदर्शन विराटनगरको रोमाञ्चक जितमा निर्णायक बन्यो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800