इनरुवा, १७ कार्तिक । सशस्त्र प्रहरी बलले मोरङको विराटनगरबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ५ लाख रुपैयाँभन्दा बढी मूल्यको रजनीगन्धा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी जहदा भुटाहाबाट खटिएको पैदल गस्ती टोलीले विराटनगर महानगरपालिका–१८ स्थित मुसहर बस्ती नजिकैको धानखेती क्षेत्रमा गस्ती गर्ने क्रममा रजनीगन्धा बरामद गरेको हो।
भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ५ बोरा रजनीगन्धा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएको रजनीगन्धाको मूल्य ५ लाख १९ हजार ८ सय ४० रुपैयाँ रहेको छ। नियन्त्रणमा लिइएको सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।