कोशीमा गरिब तथा विपन्न विधार्थीहरुलाई चप्पल वितरण

Logo
Popular News शुक्रबार, जेठ ११, २०८१

इनरुवा, ११ जेठ । कोशी गाउँपालिका वडा नम्बर २ स्थित ज्योति आधारभूत बिद्यालयका विधार्थीहरुलाई चप्पल वितरण गरिएको छ ।

गाउँपालिकाले गरेको विधालयको अनुगमनको क्रममा विधार्थीहरु चप्पल नलगाई ( खालि खुट्टा) विधालय आएको भेटेपछि खासगरी विपन्न तथा गरिब समुदायका बालबालिकाहरुलाई चप्पल वितरण गरिएको अध्यक्ष एयूब अन्सारीले बताए ।

उनले ६० जना गरिब तथा विपन्न परिवारका विधार्थीहरुलाई चप्पल वितरण गरेको समेत जानकारी दिए ।

उनले गाउँपालिका अन्तर्गतको विधालयको अनुगमन गर्न ५ वटा टोली परिचालन गरेको र विधालय अनुगमन गरि प्रतिवेदन समेत पेश भएकोले शिक्षामा सुधार गर्नका लागि पालिका अगाडी बढेको बताए ।

अनुगमन टोलीले पेश गरेको प्रतिवेदन अनुसार शैक्षिक सुधारको कामलाई अगाडी बढाउने बताउदै अध्यक्ष अन्सारीले शिक्षकलाई पठनपाठन कार्यमा सक्रिय बनाउने, विद्यार्थी नभएका विद्यालयलाई गाभ्ने, विद्यालय व्यवस्थापन समितिलाई सक्रिय बनाउने, शिक्षकको सरुवा र पदस्थापन गर्ने, सामुदायिक विद्यालयमै अंग्रेजी माध्यमको पढाइ सुरु गर्ने र जनप्रतिनिधिले समयसापेक्ष शिक्षा क्षेत्रको अनुगमन गर्नुपर्ने जस्ता विषयहरु अनुगमन प्रतिवेदनबाट देखिएको समेत बताए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800