भिनाजुले गरे सालीको गोली हानि हत्या

Logo
Popular News सोमबार, आषाढ ३०, २०८२

इनरुवा, ३० असार । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरेर १८ वर्षीया किशोरीको हत्या भएको छ । सोमबार बिहान साढे २ बजेतिर अरसी खातुनमाथि गोली प्रहार भएको हो ।

खातुनलाई उनकै भिनाजु देश भारत पत्रहा पंचायत वडा नं. १६ घुर्ना बस्ने सौकात मियाँको छोरा २९ वर्षीय अजाद मियाँ जटले गोली प्रहार गरि हत्या गरेको मृतकको बुवा गफार मियाँले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानबाट उनको भिनाजु नाता पर्ने अजाद मियाँ जटले गोली प्रहार गरेको थाहा भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए ।

मृतकको टाउकोमा गोली लागेको छ । गोली प्रहारमा संलग्न आरोपी  जट फरार छन् । घटनास्थलमा सानो पेस्तोलमा लाग्ने नपड्केको गोली भेटिएको डीएसपी खतिवडाले जानकारी दिए । आरोपीलाई प्रहरीले खोजी रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800