कोशीका पहिचान झल्किने उपहार दिँदै सकियो अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन

Logo
Popular News बुधबार, आश्विन २८, २०८३

विराटनगर, २७ असोज । ढाकाको कोट, ढाका टोपी, भोजपुरको खुकुरी, इलामको चिया र अल्लोको झोला उपहार प्रदान गर्दै विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न भएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनमा सहभागी अन्य प्रदेशका मुख्यमन्त्रीहरूलाई कोशी प्रदेशका स्थानीय उत्पादन तथा मौलिक पहिचान झल्काउने सामग्री उपहार दिएका हुन्।

मुख्यमन्त्री कार्कीले मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापामगर, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीलाई उक्त सामग्री प्रदान गरेका थिए।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशबाहेक अन्य छवटै प्रदेशका मुख्यमन्त्री सहभागी भएका थिए। उपहारका रूपमा प्रदान गरिएका सामग्रीले कोशी प्रदेशको सांस्कृतिक विविधता, परम्परागत सीप, स्थानीय उत्पादन र क्षेत्रीय पहिचानलाई उजागर गरेको छ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नुका साथै प्रदेशको मौलिकता र पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले प्रदान गरिएका यी उपहारले अन्तरप्रदेश सम्बन्धलाई थप आत्मीय बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800