कोशी -८ सुनसरीमा प्लास्टिकको झोला भित्र नवजात शिशु फेला

Logo
Popular News आइतबार, कार्तिक ०३, २०८२

इनरुवा, २ कार्तिक । सुनसरीको कोशी गाउँपालिका–८ शर्मा टोलमा शनिवार राति ९ बजेतिर एक नवजात शिशु प्लास्टिकको झोलामा बेरेर फालिएको अवस्थामा फेला परेको छ ।
बच्चा रोएको आवाज सुनेर घटनास्थल पुगेका खत्वेले तत्काल इलाका प्रहरी कार्यालय भन्टावारिलाई जानकारी गराए।

प्रहरी वरिष्ठ नायब निरीक्षक पुण्यप्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोलीले स्थानीयको सहयोगमा शिशुलाई उद्धार गरी कोशी हेल्थ केयर भन्टावारिमा प्राथमिक उपचारका लागि पुर्‍यायो।

अस्पतालका चिकित्सकका अनुसार शिशु भर्खरै जन्मिएको देखिन्छ र उद्धारको समयमा अवस्था सामान्य थियो। कसको बच्चा हो ? के कारण फालेको हो ? अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800