देवानगञ्जमा गोली प्रहार घटनाका पाँच आरोपी पक्राउ

Logo
Popular News बिहिबार, आश्विन २९, २०८३

इनरुवा, २९ असोज । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा असोज ३ गते भएको गोली प्रहारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा देवानगञ्जका कुन्दन यादव, विष्णुकुमार यादव, जयकृष्ण यादव, रणधीर यादव र सुशील यादव रहेका छन्। उनीहरूलाई नेपाल–भारत सीमा क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

असोज ३ गते देवानगञ्ज गाउँपालिका–१ निवासी रामदेव यादवका २४ वर्षीय छोरा निरज यादवमाथि गोली प्रहार भएको थियो। प्रारम्भिक विवरणअनुसार युवतीलाई जिस्क्याएको विषयलाई लिएर भएको विवादपछि उनीमाथि गोली प्रहार गरिएको बताइएको छ।

घटनामा पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजीसमेत जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लले घटनामा संलग्न आरोपितहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अनुसार कारबाहीका लागि अनुसन्धान अघि बढाइएको जानकारी दिए। उनले घटनामा संलग्न केही व्यक्ति अझै फरार रहेकाले उनीहरूको खोजी भइरहेको पनि बताए।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800