

इनरुवा, ३ कार्तिक । आज महान् साहित्यकार, विचारक र राष्ट्रकवि महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम सहित मनाइँएकोछ ।
सुनसरीको इनरुवा नगरपालिका १ शान्ति चौकमा सिर्जनामा इनरुवा, विश्व नेपाली साहित्य महासंघ, सुनसरी,अपन स्वर्ग नेपाल, कबिर जीवन ज्योती मठ, इनरुवाको सहयोग र सप्तरङ्गी साहित्य समाज कोशी प्रदेशको आयोजनामा भव्यताका साथ देवकोटा जयन्तीको उपलक्ष्यमा सडक कविता वाचन–२ कार्यक्रम सम्पन्न भएको छ ।
सन् १९०९ (वि.सं. १९६६ साल कार्तिक २७ गते) काठमाडौंमा जन्मेका देवकोटा नेपाली साहित्यका उज्यालो नक्षत्रका रूपमा चिनिन्छन् । उनले कविता, निबन्ध, कथा, नाटक, अनुवाद तथा समालोचना लगायतका विविध साहित्यिक विधामा उल्लेखनीय योगदान पु¥याएका छन् ।
उनको ‘मुनामदन’, ‘शाकुन्तल’, ‘सुलोचना’, ‘कुञ्जिनी’, ‘महामानव’, ‘यात्री’, ‘पागल’ जस्ता कृति नेपाली साहित्यका अमर सम्पदाहरू हुन् । विशेषगरी ‘मानवलाई प्रेम गर्नु नै धर्म हो’ भन्ने उनको मानवीय दर्शन आज पनि सन्दर्भानुकूल र प्रेरणादायी छ ।
महाकविको सम्मानमा आज शिक्षण संस्थान, साहित्य परिषद् र विभिन्न साहित्यिक संघसंस्थाले कविता वाचन, निबन्ध प्रतियोगिता, फूलमाला अर्पण र विशेष गोष्ठी कार्यक्रमहरू आयोजना गरिरहेका छन् ।
लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानका कारण उनलाई नेपाली साहित्यमा “महाकवि” को उपाधि प्रदान गरिएको हो ।
उनको लेखनीले नेपाली भाषा, संस्कृति र राष्ट्रप्रेमलाई सशक्त अभिव्यक्ति दिएको मानिन्छ ।