पोखराबाट काठमाडौं जाँदै गरेको बस धादिङमा दुर्घटना १७ जनाको मृत्यु, २८ घाइते

Logo
Popular News सोमबार, फाल्गुण ११, २०८२

इनरुवा, ११ फागुन। पोखराबाट काठमाडौं तर्फ आउँदै गरेको यात्रुवाहक बस मध्यराति त्रिसुली नदी किनारमा दुर्घटना १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।

राति करिब साढे १ बजेतिर धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडामा ग १ ख १४२१ नम्बर यात्रुबाहक बस दुर्घटना भएको थियो ।

उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको थियो । साथै नेपाल प्रहरी र सेनाको टोली पनि उद्धारमा खटिएको थियो ।

यस्तै घाइते २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800