लागूऔषध गाँजासहित एक युवक पक्राउ

Logo
Popular News शनिबार, चैत्र १४, २०८२

इनरुवा, १४ चैत्र । बराहक्षेत्र नगरपालिका–८ शुक्रबारेमा प्रहरीले २५ केजी लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र प्रहरी बेस क्याम्प चतराको संयुक्त टोलीले चतराबाट शुक्रबारेतर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकल (B 38 L 2962) चेकजाँच गर्ने क्रममा प्लास्टिकको बोरामा राखिएको गाँजा फेला पारेको हो।

पक्राउ पर्नेमा देवानगन्ज गाउँपालिका–१ का २३ वर्षीय राकेश कुमार यादव रहेका छन्। उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800