इनरुवा, ५ जेठ । बिओपी श्रीपुरको टोलीले कोशी गाउँपालिका–३ जमुवा क्षेत्रबाट लागुऔषधसहित एक स्कुटी नियन्त्रणमा लिएको छ ।
भारततर्फबाट दुई जना सवार भई आउँदै गरेको स्कुटीलाई शंका लागेपछि चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेको नम्बर ४ गण हेडक्वाटर सुनसरीले जनाएको छ ।
बरामद गरिएको लागुऔषध, स्कुटी तथा पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान भइरहेको सुरक्षा स्रोतले जनाएको छ ।