गौरमा गोली प्रहारबाट युवक गम्भीर घाइते

Logo
Popular News बुधबार, कार्तिक १९, २०८३

इनरुवा, १८ कार्तिक । रौतहटको गौरमा अज्ञात हतियारधारी समूहले गोली प्रहार गर्दा एक युवक गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–४, गढवा टोलस्थित पानी ट्याङ्की नजिकै गएराति सवा ९ बजे स्थानीय २८ वर्षीय राकेश यादवमाथि गोली प्रहार भएको हो।

गोलीका छर्रा लागेर यादवको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। उनको ढाडमा तीन, दायाँ पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ ठाउँमा गोलीका छर्रा लागेको छ। घटनास्थलबाट प्रहरीले ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका समेत बरामद गरेको छ।

घटनालगत्तै उद्धार गरी यादवलाई गौरस्थित प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ। हाल उनको स्वास्थ्य अवस्था नाजुक रहेको जनाइएको छ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800