इनरुवा १ स्थित भगवती र शनि मन्दिर प्राङ्गणको सरसफाई (फोटो सहित)

Logo
Popular News शनिबार, बैशाख २२, २०८१

इनरुवा, २२ बैशाख । इनरुवा १ स्थित भगवती मन्दिर र शनि मन्दिर प्राङ्गणमा सरसफाई गरिएको छ ।

आज राष्ट्रिय सनातनी सेना, फुलबारी क्रिकेट क्लब तथा जिल्ला प्रहरी कार्यालय सुनसरीले संयूक्त रुपमा सरसफाई गरेका हुन ।

मन्दिर प्राङ्गण र वरिपरिको क्षेत्रमा झारको सफाई लगायतको फोहोर व्यवस्थापन गरि मन्दिर क्षेत्रलाई सफा र सुन्दर बनाउनका लागि सरफाई गरिएको राष्ट्रिय सनातनी सेना सुनसरीका शिव यादवले जानकारी दिए । उनले सनिवारका दिन विभिन्न मन्दिर परिसरलाई सरसफाई तथा फोहोर व्यवस्थापन गर्ने कार्य नियमित रुपमा संचालन गर्ने समेत बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले मन्दिरको परिसमा सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “सरसफाई कार्यक्रम “ सम्पन्न गरिएको जानकारी दिएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800