रामजानकी गुठी संस्थाको संचालक समितिको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी दर्ता

Logo
Popular News शनिबार, बैशाख २२, २०८१

इनरुवा, २२ बैशाख । श्री रामजानकी गुठी संस्था इनरुवा ४ को संचालक समितिको निर्वाचनको लागि ४ जना अध्यक्ष सहित ३४ जनाले उम्मेदवारी दर्ता गराएको छ ।
आज विहान १०ः३० बजे देखि २ः१५ बजे सम्म उम्मेदवारी दर्ताको लागि निर्वाचन समितिले समय निर्धारण गरेको थियो । मुख्य निर्वाचन अधिकृत गंगाराम मण्डलका अनुसार अध्यक्ष पदमा ४ जनाले उम्मेदवारी दर्ता गराएको छ । अध्यक्षका लागि रामकुमार यादव, हरिलाल महतो, रामअधिन यादव र रघुनाथ महतोले उम्मेदवारी दर्ता गराएको छ भने बावुराम बराल, पून्यप्रसाद सिग्देल र हनुमान प्रसाद अटलले उपाध्यक्ष पदका लागि नाम दर्ता गराएका छन ।

त्यस्तै सचिव पदका लागि सुर्य नारायण मेहता र नविन चन्द्र साहले उम्मेदवारी दर्ता गराएको छ भने मनोज यादव, कुमार ओझा र सत्यनारायण यादवले सहसचिव तथा बद्री स्वर्णकार, रमेशराज भण्डारी र जिवानन्द झाले कोषाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मण्डलले जानकारी दिए ।

संचालक समितिको सदस्यका लागि नारायण यादव, नारायण कार्की लगायत १९ जनाले उम्मेदवारी दर्ता गराएको मण्डलले बताए ।

संस्थाको संचालक समितिका लागि अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, सहसचिव १, कोषाध्यक्ष १ र सदस्य ८ गरि १३ जना निर्वाचित हुने विधानमा व्यवस्था छ।
निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेपनि निर्वाचनको मिति पछि तोकिने उल्लेख गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

छिटै आउदै छ

सम्पर्क

025-566800