सहिद विद्यालयको वार्षिकोत्सवमा विधार्थीले गरे प्रर्दशन (तस्वीरहरु)

Logo
Popular News मंगलबार, जेठ ०१, २०८१

इनरुवा, १ जेठ । सुनसरीको इटहरी नगरपालिका वडा नं. १९ मा अवस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीहरुले निर्माण गरेका विभिन्न आविष्कारहरुको प्रदर्शन गरेका छन । विधार्थीहरुले निर्माण गरेको विभिन्न समाग्रीहरु प्रर्दशन गरेको हो ।

विद्यालयको १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा प्रधानाध्यापक रीता फुयालले वार्षिक प्रतिवेदन समेत सार्वजनिक गरेका छ ।
वार्षिक प्रतिवेदनमा विद्यालयमा हाल २६ जिल्लाबाट ४२१ विद्यार्थीहरू अध्ययनरत रहेको उल्लेख छ । जसमध्ये २५६ विद्यार्थी आवासीय छन् भने बाँकी १६५ विद्यार्थी स्थानीय रहेका छन् । प्रतिवेदनमा चालु प्रशासनिक र आवास व्यवस्थापनका लागि बजेट अपुग रहेको उल्लेख छ भने शिक्षकहरूको क्षमता विकासका लागि तालिम आवश्यक रहेको बताइएको छ ।

यसैगरी, विद्यालयलाई पुस्तकालय, बहुप्रविधिक विषय संचालन, छात्रावास मर्मत लगायतका पूर्वाधार विकास गर्नुपर्ने देखिएको छ । विद्यालयलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ द्वन्द्वपीडित शिक्षा कार्यक्रम अन्तर्गत संचालित विद्यालयको मोडालिटी परिवर्तन गरी दीर्घकालीन संचालन व्यवस्थापन गर्ने योजना रहेको बताइएको छ ।

यस्तै उक्त विद्यालयले आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । विद्यालय व्यवस्थापन समितिका कोषाध्यक्ष राम बहादुर कार्कीले उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

आर्थिक वर्ष २०७९.०८० मा विद्यालयको आय ४ करोड २७ लाख ७० हजार पुगेको छ भने खर्च ३ करोड ३५ लाख ६३ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । यसरी विद्यालयको खुद नाफा ६७ लाख ७ हजार छ । विगतमा पनि विद्यालयलाई नाफा हुँदै आएको देखिन्छ ।

प्रतिवेदनमा आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ७ करोड ३६ लाख ३९ हजार खर्च लाग्ने अनुमान गरिएको छ । विद्यालयले खाद्यान्न खरिद, पोषाक, शैक्षिक भ्रमण, खेलकुद तथा सांस्कृतिक कार्यक्रम, औषधि उपचार, शिक्षक तालिम लगायतका क्षेत्रमा खर्च गर्ने गरेको छ ।

प्रतिवेदनमा विद्यालयको विगत, वर्तमान अवस्था र भावी योजनाहरू समेत उल्लेख गरिएको छ । विद्यालयलाई आत्मनिर्भर बनाउने, प्राविधिक विषय संचालन गर्ने, नमुना विद्यालयको स्तरमा पुर्याउने लगायतका योजना प्रतिवेदनमा उल्लेख छ । साथै, विद्यालयमा देखिएका समस्या र चुनौतीहरूलाई समेत औंल्याइएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800