इनरुवा ६ को सडक नालीमा एक जना पुरुष मृत भेटिए

Logo
Popular News मंगलबार, भाद्र ३१, २०८२

इनरुवा, ३१ भाद्र । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ६ मधेशास्थित सडकको नालीमा डुबेको अवस्थामा एक जना पूरुष मृत भेटिएका छन्।।स्थानीयका अनुसार साइकल सहित सडक नालीमा डुबेको अवस्थामा भेटिएका व्यक्ति मधेशाका उमेश अधिकारी भएको बताइएको छ । अनुहारमा चोट लागेको देखिएकाले घटना शंका गरिएको छ।परिवारका अनुसार उमेश अधिकारी अघिल्लो साँझदेखि सम्पर्कविहीन थिए। खोजीको क्रममा शनिबार बिहान स्थानीय माछा मार्ने व्यक्तिले नालीमा डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
मृतक इनरूवा ६ का पूर्ववडा अध्यक्ष कोषराज अधिकारीको भाइ भएको बुझिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800