

इनरुवा, ३ कार्तिक । सुनसरीको देवानञ्ंज वडा नम्बर ५ स्थित साहेवगन्जमा बाँसको झ्याङमा लुकाइ राखिएको ६० किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बिओपी साहेबगंजको टोलीले बाँसको झ्याँङ्गमा लुकाई राखिएको अवस्थामा उक्त परिमाणको गांजा बरामत गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले बाँसको झ्याँङ्गमा लुकाई राखिएको अवस्थाम ६० किलो गाँजा बरामद गरेको जनाएको छ ।