आत्महत्या दुरुत्साहन आरोपमा बुवा, सौतेनी आमा सहित चार जना पक्राउ

Logo
Popular News शुक्रबार, साउन २२, २०८३

इनरुवा, २२ साउन। सुनसरीको इटहरी उपमहानगरपालिका–९ भद्रटोलमा १६ वर्षीय किशोर सरोज न्यौपाने मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा बुवा, सौतेनी आमा सहित चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मंगलबार दिउँसो करिब २:३० बजे इटहरी–९ भद्रटोलस्थित नन्द बिष्टको घरमा डेरा गरी बस्ने बुद्धिसागर न्यौपानेका १६ वर्षीय छोरा सरोज न्यौपाने आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेका थिए।

घटनापछि साउन २० गते आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको र सोही आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा इटहरी–९ का २७ वर्षीय अशोक न्यौपाने, ३३ वर्षीय नमराज न्यौपाने, ४३ वर्षीय बुद्धिसागर न्यौपाने र ३९ वर्षीया मुना न्यौपाने रहेका छन्।

प्रहरीले जिल्ला अदालत सुनसरीबाट साउन २० गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय इटहरीबाट घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800