इनरुवा, १७ कार्तिक । सुनसरीको हरिनगर गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको नवनिर्मित भवनको समुद्घाटन भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराहा बाहिनी मुख्यालय पकलीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्युपानेले भवनको समुद्घाटन गरेका हुन ।
कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मल कुमार थापा, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवे, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका प्रमुख उपरीक्षक बिमल घिमिरे, भन्सार कार्यालय सुनसरीका प्रमुख राधेश्याम दाहाल लगायतको उपस्थिती रहेको थियो ।