ट्रक र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु, एक घाइते

Logo
Popular News मंगलबार, कार्तिक २६, २०८२

इनरुवा, २५ कार्तिक । सुनसरीको हरिनगर गाउँपालिका–१ सुनसरी खोला नजिक आज दिउँसो ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मालवहाक ट्रक (प्र १- ०२- ००१ख ९२०७) र नम्बर नखुलेको मोटरसाइकल एकआपसमा ठोक्किँदा उक्त घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक भोक्राहा नरसिंह गाउँपालिका–४ का ४० वर्षीय लक्ष्मण मेहता घाइते भएका छन् ।
घाइते मेहताको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने मृतक महिलाको सनाखत अझै हुन बाँकी छ ।
प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800