इनरुवा, ३ मंसिर । सुनसरीको रामधुनि–४ स्थित बाला चतुर्दशी मेलामा नुहाउन जाँदा सुन्दरहरैचा–३ का ४१ वर्षीय देवेन्द्र भट्टराईको खोलामा डुबेर मृत्यु भएको छ। इनरुवा–५ का ५८ वर्षीय भिमराज काफ्लेलाई भने प्रहरीले जिवितै उद्धार गरेको छ।
सशस्त्र प्रहरीको टोलीले घटनास्थलदेखि करिब ५० मिटर दक्षिणतर्फ भट्टराईको शव फेला पारेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अस्पताल इनरुवा पठाएको प्रहरीले जनाएको छ।
उद्धार गरिएका काफ्लेको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।