दुहबीमा श्रीमानद्वारा श्रीमतीमाथि पेट्रोल छर्केर लगाए आगो

Logo
Popular News शुक्रबार, पुष ११, २०८२

इनरुवा, ११ पुस । सुनसरीको दुहबी नगरपालिकामा घरेलु विवादका क्रममा एक व्यक्तिले आफ्नै श्रीमतीमाथि पेट्रोल छर्केर आगो लगाएको घटना सार्वजनिक भएको छ।
दुहबी नगरपालिका–३ मुक्तिनाथ मन्दिर क्षेत्रका ३३ वर्षीय मुस्तफा सेखले बिहीबार २८ वर्षीया श्रीमती खुस्बु खातुनमाथि पेट्रोल खन्याएर आगो लगाएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

प्रहरीका अनुसार दम्पतीबीच घरायसी वादविवाद भएपछि उक्त घटना भएको हो। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी सहायक निरीक्षक शिवनारायण माझीको कमाण्डमा खटिएको टोलीले घाइते महिलाको उद्धार गरेको थियो।
प्रहरीले उद्धार गरी प्रारम्भिक उपचारका लागि नजिकैको सामुदायिक अस्पताल पुर्‍याए पनि अवस्था गम्भीर भएपछि थप उपचारका लागि बिहीबार साँझ विराटनगरस्थित पारस अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न आरोपित मुस्तफा सेखलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा राखेर थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800