इनरुवा, १३ पुस । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ स्थित कबरिस्तान क्षेत्रबाट प्रहरीले २ हजार २२० थान लागुऔषध ट्रामाडोल ट्याब्लेट बरामद गरेको छ।
शनिबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेको एक मोटरसाइकललाई जाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले उक्त लागुऔषध बरामद गरेको हो। प्रहरीलाई देखेपछि मोटरसाइकलमा सवार व्यक्ति झोला फालेर फरार भएका थिए।
घटनास्थलमा फालिएको झोला खानतलासी गर्दा ट्रामाडोल ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। बरामद लागुऔषध नियन्त्रणमा लिइएको छ भने फरार व्यक्तिको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय देवानगञ्जले जानकारी दिएको छ।