इनरुवामा ९९ केजी गाँजासहित दुई जना पक्राउ

Logo
Popular News बुधबार, माघ १५, २०८२

इनरुवा, १४ माघ। सुनसरीको इनरुवा नगरपालिका–६ स्थित भोटेपुल क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पूर्व–पश्चिम राजमार्गमा सवारी चेकजाँचका क्रममा अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह ६१२५ नम्बरको अटोलाई रोक्न खोज्दा अटो नरोकी भागेको थियो। त्यसपछि प्रहरीले पिछा गर्दै अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाको सहयोगमा वडा नं ४ मा अटोलाई नियन्त्रणमा लिएको हो।

अटो चेकजाँच गर्दा त्यसमा लुकाइछिपाइ राखिएको ९९ दशमलव १ किलोग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीले अटो चालक धनकुटा जिल्लाको चौबिसे गाउँपालिका–७ बस्ने २५ वर्षीय साजन लिम्बु र सोही स्थानका १९ वर्षीय गगन लिम्बुलाई पक्राउ गरेको छ। बरामद गाँजा र अटो सहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800