धरानबाट ९५५ केजी गाँजा बरामद

Logo
Popular News मंगलबार, फाल्गुण ०५, २०८२

इनरुवा, ५ फागुन । सुनसरीको धरानबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरानको विष्णुपादुका क्षेत्रतर्फ आउँदै गरेका दुई वटा सवारीसाधनलाई नियमित चेकजाँच गर्ने क्रममा ९५५ केजी गाँजा फेला परेको हो।

बरामद गरिएको गाँजासहित दुवै गाडी र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको तथा संलग्न अन्य व्यक्तिको खोजी कार्यसमेत अघि बढाइएको जनाइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800