इनरुवा, ११ फागुन। पोखराबाट काठमाडौं तर्फ आउँदै गरेको यात्रुवाहक बस मध्यराति त्रिसुली नदी किनारमा दुर्घटना १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
राति करिब साढे १ बजेतिर धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडामा ग १ ख १४२१ नम्बर यात्रुबाहक बस दुर्घटना भएको थियो ।
उक्त स्थानमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली खटिएको थियो । साथै नेपाल प्रहरी र सेनाको टोली पनि उद्धारमा खटिएको थियो ।
यस्तै घाइते २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।