लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

Logo
Popular News आइतबार, चैत्र १५, २०८२

इनरुवा, १५ चैत। सुनसरीको धरान उप–महानगरपालिका–९, देवकोटा पथबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा को ३४ प १११४ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारत, बिहार सुपौलका २३ वर्षीय अदित्य सागर र २६ वर्षीय राजकुमार यादव रहेका छन्। उनीहरूको साथबाट १३ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800