सुनसरी–२ को सभापतिमा राजन मेहताको उम्मेदवारी, निर्विरोध निर्वाचित गराउन आग्रह

Logo
Popular News मंगलबार, आश्विन १३, २०८३

इनरुवा, १३ असोज । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २ को सभापतिका उम्मेदवार तथा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले आफूलाई सभापतिमा निर्विरोध निर्वाचित गराउन क्षेत्रीय प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तासँग आग्रह गरेका छन्।

पार्टी संगठन निर्माणमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै मेहताले सुनसरी क्षेत्र नम्बर २ मा कांग्रेसको संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउन आफूलाई सभापतिमा निर्विरोध निर्वाचित गराउन आग्रह गरेका हुन्।

मेहताले आफू यसअघि दुईपटक इनरुवा नगरपालिकाको नगर सभापति भइसकेको र आफ्नो नेतृत्वमा इनरुवामा नेपाली कांग्रेसको संगठनलाई बलियो बनाएको दाबी गरेका छन्।

आफूले निर्माण गरेको कांग्रेसको संगठनकै आधारमा आफू र वर्तमान जिल्ला सभापति केदार भण्डारी इनरुवा नगरपालिकाको प्रमुखमा निर्वाचित हुने वातावरण बनेको मेहताको दाबी छ।

मेहता इनरुवा नगरपालिकाका पूर्व नगरप्रमुखसमेत हुन्। हाल उनी जिल्ला समन्वय समिति सुनसरीका प्रमुखको जिम्मेवारीमा छन्। उनी राष्ट्रिय जिल्ला समन्वय समिति महासंघका राष्ट्रिय अध्यक्षसमेत हुन्।

सुनसरी क्षेत्र नम्बर २ को सभापतिका लागि उम्मेदवारी प्रस्तुत गर्दै मेहताले आफ्नो विगतको राजनीतिक तथा संगठनात्मक अनुभवलाई आधार बनाउँदै आफूलाई निर्विरोध निर्वाचित गराउन क्षेत्रीय प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तासँग आग्रह गरेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800