इनरुवा, १२ असोज । नेपाली कांग्रेसको सुनसरी निर्वाचन क्षेत्र नं. २(ख) को सभापतिमा श्यामलाल मेहता विजयी भएका छन्।
आइतबार सम्पन्न निर्वाचनमा मेहताले ४०४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी चिरञ्जीवी बस्नेतले २२४ मत प्राप्त गरे।
निर्वाचनका लागि आइतबार मतदान भएको थियो। मतदान प्रक्रिया साँझ अबेरसम्म चलेको थियो। मतगणना सम्पन्न भएपछि मेहता विजयी घोषित भएका हुन्।