भोक्राहामा मोटरसाइकल दुर्घटनामा घाइते जनकलाल मेहताको मृत्यु

Logo
Popular News बिहिबार, कार्तिक ०६, २०८३

इनरुवा, ५ कात्तिक । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ स्थित श्री माध्यमिक विद्यालय नजिक मोटरसाइकल र कार एकआपसमा ठोक्किँदा घाइते भएका जनकलाल मेहताको उपचारका क्रममा मृत्यु भएको छ।

भोक्राहा नरसिंह गाउँपालिका–१ निवासी मेहता दुर्घटनामा गम्भीर घाइते भएका थिए।

स्थानीयका अनुसार आज दिउँसो करिब २ बजे मोटरसाइकल र कार एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार मेहता र मोटरसाइकल चालक घाइते भएका थिए।

दुर्घटनामा घाइते दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा मेहताको मृत्यु भएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800