सुनसरीमा ७१ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Logo
Popular News सोमबार, कार्तिक १७, २०८३

इनरुवा, १६ कार्तिक । सुनसरीमा कात्तिक १७ र १८ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियान सञ्चालन हुने भएको छ।

अभियानअन्तर्गत ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ।

स्वास्थ्य कार्यालय सुनसरीका जनस्वास्थ्य अधिकृत सतीशकुमार ठाकुरका अनुसार जिल्लाका १२ वटै स्थानीय तहमा गरी करिब ७१ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य राखिएको छ। त्यस्तै, करिब ६६ हजार बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ।

अभियान सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहमा आवश्यक भिटामिन ‘ए’ र जुकाको औषधि पुर्‍याइसकिएको ठाकुरले जानकारी दिनुभयो।

उहाँका अनुसार कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। स्थानीय तहअन्तर्गत कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकालाई औषधि खुवाउने व्यवस्था मिलाइएको छ।

स्वास्थ्य कार्यालयले तोकिएको मिति र स्थानमा आफ्ना बालबालिकालाई लगेर भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800