रौतहटमा ४४ लाख ६४ हजार रुपैयाँसहित दुई जना प्रहरी नियन्त्रणमा

Logo
Popular News बिहिबार, कार्तिक २०, २०८३

इनरुवा, १९ कार्तिक । रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्लाको ईशनाथ नगरपालिका–४ मा भारतबाट मोटरसाइकलको फल्स बटममा लुकाएर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ३० लाख रुपैयाँसहित भारतीय नागरिक सनि कुमार जैसवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जैसवालको बयानका आधारमा प्रहरीले सदरमुकाम गौरस्थित ‘न्यु तराई ट्रेडर्स’का सञ्चालक शेख कमरुललाई पनि थप १४ लाख ६४ हजार ६०५ रुपैयाँसहित नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार दुवै स्थानबाट गरी जम्मा ४४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको छ। पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800