इनरुवा, १८ कार्तिक । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ सोनियाहीस्थित सीमा क्षेत्रबाट २२ किलो ९७६ ग्राम प्रतिबन्धित गाँजासहित दुई जना पक्राउ परेका छन्।
मंगलबार राति सशस्त्र प्रहरी बल नेपाल बीओपी उल्टी सुनसरीबाट खटिएको पैदल गस्ती टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार गाँजासहित नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।