राजनीतिक दलका सदस्यता लिएका ८२५ जना शिक्षकले दल त्यागे

Logo
Popular News मंगलबार, आषाढ ०५, २०८१

काठमाडौँ, ४ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलका सदस्यता लिएका ८२५ जना शिक्षकहरूले दल त्यागेको बताएकी छन् ।
मन्त्री श्रेष्ठले १०० दिने प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको बताइन् ।

मन्त्री श्रेष्ठका अनुसार विभिन्न दलमा आबद्ध ४१ जना शिक्षकलाई स्पष्टीकरण सोधिएको, ४ जना शिक्षकले सफाइ पाएको र २० जना शिक्षकले शिक्षण पेसाबाट राजीनामा गरेको छ । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ४५ जना शिक्षकविरुद्ध उजुरी प्राप्त भएको छ ।

शिक्षा ऐन, २०२८ मा भएको दलको सदस्य हुन नहुने व्यवस्थालाई कार्यान्वयन गर्न लागिएको मन्त्री श्रेष्ठको भनाइ छ । दलमा आबद्ध भएका शिक्षकलाई दलीय सदस्यता त्याग्न आह्वान गरेको थियो । स्थानीय तहलाई त्यसको विवरण माग गर्नुका साथै निर्वाचन आयोगसँग समेत तथ्यांक माग गरिएको थियो ।

पत्रकार सम्मेलनमा उनले शिक्षामा दलीय राजनीतिकरण अन्त्य गर्ने कार्यको थालनी समेत भएको बताइन् ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800