देवानगञ्ज गोलीकाण्डमा दुई जना पक्राउ, स्थानीयले दुई मोटरसाइकलमा आगजनी गरे

Logo
Popular News शनिबार, आश्विन ०३, २०८३

इनरुवा, ३ असोज । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ स्थित लक्ष्मीनारायण मन्दिर अगाडि गोली चलेको घटनामा दुई जना पक्राउ परेका छन्। गोली लागेर स्थानीय १९ वर्षीय निरज यादव गम्भीर घाइते भएका छन्।

प्रत्यक्षदर्शीका अनुसार पाँचवटा मोटरसाइकलमा करिब १० जना व्यक्तिहरू घटनास्थलमा आएका थिए। उनीहरूमध्ये दुई जनालाई स्थानीयले नियन्त्रणमा लिएर रुखमा बाँधेका थिए। पछि उनीहरूलाई प्रहरीको जिम्मा लगाइएको बताइएको छ। घटनामा संलग्न अन्य व्यक्ति भने फरार भएको स्थानीयको भनाइ छ।

घटनापछि आक्रोशित स्थानीयले दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन्। घटनास्थलमा तनावको अवस्था सिर्जना भएपछि प्रहरीले थप सुरक्षा व्यवस्था गरेको जनाएको छ।

शनिबार साँझ भएको घटनामा यादवको तिघ्रामा गोली लागेको थियो। उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल लगिएको हो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800