

इनरुवा, १६ साउन । सुनसरीको सदरमुकाम इनरुवामा रहेको सुनसरी बहुमुखी क्याम्पसको शैक्षिक अवस्थाको सुधार गर्न माग गर्दैे ज्ञापन पत्र बुझाएको छ ।
बुधबार इनरुवा नगर शैक्षिक सुधार अभियानले क्याम्पस प्रमुख रमेश कुमार मण्डलालाई शैक्षिक सुधारको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
विधार्थीका लागि खानेपानीको व्यवस्था, विषयगत दक्ष प्राध्यापकको म्याद थप, नियमित पठनपाठनको वतावरण मिलाउन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको संयोजक दिलिपचन साहुले बताए ।
सुनसरीमा क्याम्पसका संस्थापक श्यामप्रसाद गुप्ता सहित संस्थापक सहयोगीहरुको स्मारक निर्माण गर्नुपर्ने, लेखा परिक्षण प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, क्याम्पसको विकासको लागि गुरु योजना तयार गर्नुपर्ने लगायतका मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएकोछ ।