इनरुवामा विवाहपञ्चमीका अवसरमा सीताराम रथयात्राको तयारी

Logo
Popular News शनिबार, मंसिर ०७, २०८२

इनरुवा, ६ मंसिर । सुनसरीको सदरमुकाम इनरुवामा आगामी विवाहपञ्चमीका अवसरमा भव्य सीताराम रथयात्रा निकालिने भएको छ। इनरुवा नगरपालिका–४ स्थित रामजानकी गुठी संस्थाले भगवान् राम र सीताको विवाह दिवस मनाउने उद्देश्यले विवाह समारोहसहित रथयात्राको तयारी गरेको हो।

गुठी संस्थाका अध्यक्ष हरिलाल मेहताका अनुसार रथयात्रा–सम्बन्धी कार्यक्रम दुई दिनमा सम्पन्न हुनेछ। अध्यक्ष मेहताका अनुसार सोमबार साँझ मटकोरसहित कुमरन कार्यक्रम गरिने छ भने मंगलबार बिहान ११ बजेदेखि रथयात्रा प्रारम्भ हुनेछ। इनरुवामा रामजानकी गुठीले एक दशकभन्दा बढी समयदेखि विवाह महोत्सव निरन्तर रूपमा गर्दै आएको छ।

मंगलबारको रथयात्रा रामजानकी मन्दिर परिसरबाट सुरु भई इनरुवाको सखुवागाछी, मुख्य बजार हुँदै इनरुवा–२ स्थित लक्ष्मीनारायण मन्दिर पुग्नेछ। त्यहाँको कार्यक्रममा सहभागितापछि रथ पुनः रामजानकी मन्दिरमा ल्याइने छ। मन्दिर परिसरमा हुने प्रसाद वितरणपछि रथयात्रा समापन गरिने मेहताले जानकारी दिए।

रथयात्रालाई भव्य तथा व्यवस्थित बनाउन स्वागत समिति, सुरक्षा स्वयंसेवक समिति, व्यवस्थापन समिति लगायतका उपसमितिहरू गठन गरिएको संस्थाले जनाएको छ। सोही दिन इनरुवा नगरपालिकाले स्थानीय बिदा दिने विषयमा पनि छलफल भइरहेको अध्यक्ष मेहताले बताए।

गुठी संस्थाका सचिव डा. सूर्य नारायण मेहताले रथयात्रा तयारीको काम भईरहेको जानकारी दिदै सवैलाई सहभागी भई दिन आग्राह गरे ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800