पत्रकार गणेश कुमार यादवमाथि कुटपिट गर्ने लाई कारबाही गर्न नेपाल पत्रकार महासंघको माग

Logo
Popular News बिहिबार, फाल्गुण ०७, २०८२

इनरुवा, ७ फागुन । इनरुवाका पत्रकार गणेशकुमार यादवमाथि भएको कुटपिट घटनाप्रति नेपाल पत्रकार महासंघ ले कडा शब्दमा निन्दा गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।

महासंघ सुनसरी शाखाले प्रेस वक्तव्य जारी गर्दै समाचार संकलनका क्रममा पत्रकारमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। निर्वाचनका दौरान समाचार संकलनको क्रममा भएको यस्तो घटनाले नागरिकको सत्य–तथ्य सूचना पाउने अधिकार कुण्ठित हुने महासंघको भनाइ छ।

वक्तव्यमा दोषी व्यक्तिहरूमाथि तत्काल निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ। साथै पत्रकारलाई निर्वाध रूपमा आफ्नो पेशागत दायित्व निर्वाह गर्ने सुरक्षित वातावरण सुनिश्चित गर्न प्रशासनसँग आग्रह गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800