तरकारीभित्र लुकाएर भारत लैजान लागिएको ५७० किलो गाँजा मोरङमा बरामद

Logo
Popular News आइतबार, आश्विन २५, २०८३

विराटनगर, २५ असोज । तरकारी बोकेको पिकअप भ्यानमा लुकाएर भारततर्फ लैजान लागिएको ५७० किलो गाँजा मोरङमा बरामद भएको छ। सशस्त्र प्रहरी बलले शनिबार राति जहदा गाउँपालिका–४ स्थित रामचोकबाट गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गेहेन्द्रबहादुर भण्डारीका अनुसार स्कुस र बन्दाकोपी बोकेको पिकअप भ्यानभित्र लुकाएर राखिएको अवस्थामा राति करिब ११ बजे गाँजा फेला परेको हो।

सीमा सुरक्षा चौकी (बीओपी) नोचाबाट खटिएको सशस्त्र प्रहरी टोलीले रामचोकमा शङ्कास्पद अवस्थामा रहेको प्र १–०१–०० च ७४२२ नम्बरको महिन्द्रा पिकअप भ्यानलाई रोक्न खोजेको थियो। प्रहरी टोलीलाई देखेपछि चालक गाडी छाडेर फरार भएका थिए।

त्यसपछि प्रहरीले पिकअप नियन्त्रणमा लिएर खानतलासी गर्दा तरकारीको बीचमा लुकाइएका १९ पोका गाँजा फेला पारेको एसपी भण्डारीले जानकारी दिए। बरामद गाँजाको तौल ५७० किलो रहेको उनले बताए।

बरामद गाँजा र पिकअप भ्यान आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800