सुनसरीमा निर्वाचन लक्षित सीमा नाका ४८ घण्टा बन्द गरिने

Logo
Popular News आइतबार, फाल्गुण १७, २०८२

इनरुवा, १७ फागुन । प्रतिनिधि सभा सदस्यको यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सुनसरीमा भारतसँग सीमा जोडिएका नाका ४८ घण्टाका लागि बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरी ले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सीमा नाकाहरू बन्द गर्ने निर्णय गरिएको जनाएको हो।

कार्यालयका अनुसार नेपाल–भारत सीमासँग जोडिएका सुनसरी जिल्लाका सबै सीमा नाकाहरू फागुन १८ गते राति १२:०० बजेदेखि फागुन २१ गते राति १२:०० बजेसम्म पूर्ण रूपमा बन्द रहनेछन्।

निर्वाचनको समयमा सीमावर्ती क्षेत्रबाट अवाञ्छित गतिविधि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै शान्ति–सुरक्षा कायम राख्न यस्तो निर्णय गरिएको प्रशासनले स्पष्ट पारेको छ।

प्रशासनले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई सो अवधिमा सीमा नाकाबाट हुने आवतजावतको वैकल्पिक व्यवस्था मिलाउन अनुरोध गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800