खोटाङमा हेलिकप्टर दुर्घटना : एक जना घाइते, अन्य सकुशल

Logo
Popular News बुधबार, चैत्र ०४, २०८२

इनरुवा, ४ चैत्र । खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ बालावेशीमा एयर डाइनेष्टी को हेलिकप्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी रेखा कँडेल का अनुसार पाँच जना सवार हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बुधबार दिउँसो करिब १२:०२ बजे काठमाडौंबाट आएको नाइन एन–एएचक्यु कलसाइन भएको हेलिकप्टर तीव्र हावाका कारण अनियन्त्रित भई भित्तामा ठोक्किएर पल्टिएको हो। हेलिकप्टरमा चालक सविन थापासहित पाँच जना सवार थिए।

दुर्घटनामा स्थानीय ५० वर्षीय काजीबहादुर राई घाइते भएका छन्। उनलाई तत्काल अर्को हेलिकप्टरमार्फत काठमाडौं लगेर उपचार सुरु गरिएको प्रहरीले जनाएको छ। अन्य सवार सबैको अवस्था सामान्य रहेको छ।

प्रारम्भिक जानकारी अनुसार उक्त हेलिकप्टर शव बोकेर आएको थियो। आमाको काजकिरियाका लागि परिवारका सदस्यहरू पनि सवार रहेको प्रहरीले जनाएको छ।

प्रहरीले अवतरणका क्रममा आएको तीव्र हावालाई दुर्घटनाको मुख्य कारण मानेको छ। गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा अवतरण गर्ने प्रयास गर्दा हेलिकप्टर असन्तुलित भई दुर्घटना भएको हो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800