सुनसरी लगायत देशभर हर्षोल्लासका साथ मनाइयो इद

Logo
Popular News शनिबार, चैत्र ०७, २०८२

इनरुवा, ७ चैत्र। इस्लाम धर्मावलम्बीहरूको महान् पर्व उल फित्र (इद) शनिबार हर्षोल्लासका साथ सुनसरीसहित देशभर मनाइएको छ। पवित्र महिना रमजान भरि गरिएको रोजा (व्रत) सम्पन्न भएपछि बिहान विभिन्न इदगाह र मस्जिदहरूमा सामूहिक नमाज अदा गरिएको हो।

सुनसरीको रामनगर भुटाहा, भोक्राहा नरसिंह, इनरुवा, दुहवी लगायत स्थानका मस्जिदहरूमा श्रद्धालुहरू भेला भई नमाज पढ्नुका साथै एकअर्कासँग “इद मुबारक” भन्दै शुभकामना आदानप्रदान गरेका थिए। उनीहरूले अँगालो हालेर आपसी सद्भाव र भाइचाराको सन्देश फैलाएका छन्।

इद पर्वमा अल्लाहका नाममा विशेष प्रार्थना गर्ने परम्परा रहिआएको छ। चन्द्रमाको गतिअनुसार निर्धारण हुने यो पर्व रमजान समाप्त भई नयाँ चन्द्रमा देखिएको भोलिपल्ट मनाइन्छ। यस अवसरमा इस्लाम धर्मग्रन्थ कुरान को वाचन गरिँदै सदाचार, सहिष्णुता र सत्कर्मको बाटोमा लाग्न प्रेरणा दिइन्छ।

धार्मिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने यस पर्वमा नयाँ लुगा लगाउने, सेवइ (खिर) लगायतका मिठा परिकार खाने–खुवाउने चलन छ। मस्जिदमा भेला भई सामूहिक नमाज पढ्नुका साथै गरिब तथा आवश्यक परेकालाई सहयोग गर्ने परम्पराले इद पर्वलाई अझ अर्थपूर्ण बनाउने विश्वास गरिन्छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800