सुनसरीबाट एसईईमा १३ हजार ९७८ विद्यार्थी सहभागी हुने

Logo
Popular News मंगलबार, चैत्र १७, २०८२

इनरुवा, १७ चैत । सुनसरी जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १३ हजार ९७८ जना विद्यार्थी सहभागी हुने भएका छन्।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सुनसरीका अनुसार परीक्षामा ७ हजार ४३ जना छात्र र ६ हजार ९३५ जना छात्रा सहभागी हुनेछन्।

जिल्लाभर परीक्षार्थीका लागि ५० वटा परीक्षा केन्द्र तोकिएका छन्। गत वर्ष १३ हजार ६६३ जना सहभागी भएकोमा यस वर्ष ३२४ जना बढी विद्यार्थीले परीक्षा दिन लागेका हुन्।

चैत १९ गतेदेखि सञ्चालन हुने परीक्षामा सुनसरीका ३२१ विद्यालयका विद्यार्थी सहभागी हुनेछन्। तीमध्ये ११७ सामुदायिक (७ धार्मिक र २ विशेष सहित) र २०४ संस्थागत विद्यालय रहेका छन्।

१२ स्थानीय तहमा परीक्षा केन्द्र व्यवस्थापन गरिएको छ। धरानमा १०, इटहरीमा ११, इनरुवामा ६, बराहक्षेत्रमा ७ लगायत अन्य पालिकाहरूमा केन्द्र तोकिएका छन्।

परीक्षा सञ्चालनका लागि ५० केन्द्राध्यक्ष, ८९ सहायक केन्द्राध्यक्ष, ६८० निरीक्षक, १३५ परीक्षा सहायक र २७१ कार्यालय सहयोगी परिचालन गरिनेछ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800