देवानगञ्जमा मोटरसाइकलसहित ९ लाखभन्दा बढीका अवैध सामान बरामद, संलग्न फरार

Logo
Popular News शुक्रबार, बैशाख ११, २०८३

इनरुवा, ११ बैशाख । सशस्त्र प्रहरी बल, नेपालले सुनसरीको देवानगञ्ज गाउँपालिका १ स्थित मध्यहर्षाही क्षेत्रबाट मोटरसाइकलसहित ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ।

आज बिहान सीमा सुरक्षा गुल्म कप्तानगञ्जबाट सशस्त्र प्रहरी नायब निरीक्षक रमेश कुमार बोहोराको कमाण्डमा खटिएको १० सदस्यीय मोबाइल गस्ती टोलीले भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको सामान नियन्त्रणमा लिएको हो।

गस्ती टोलीलाई देख्नेबित्तिकै को १३ प ७१३४ र BR 39Y 0322 नम्बरका दुई वटा मोटरसाइकल छाडेर संलग्न व्यक्तिहरू फरार भएका थिए। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामानहरूमा अन्दाजी रु. सात लाख ३० हजार बराबरका डबल बेडका तन्ना सेट १२० थान, वाईफाई राउटर तथा चार्जर १०० थान, नक्कली गहना ३०० पिस र ४ बोरा सुर्ती रहेका छन्। साथै, दुई वटा मोटरसाइकलको अन्दाजी मूल्य रु. दुई लाख रहेको छ।

यसरी जम्मा अन्दाजी मूल्य रु. नौ लाख ३०हजार बराबरका अवैध सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800