सुनसरीको लौकही बजारमा अज्ञात पुरुषको शव फेला

Logo
Popular News आइतबार, बैशाख १३, २०८३

इनरुवा, १३ बैशाख । सुनसरीको कोशी गाउँपालिका–१, लौकहीस्थित मुख्य बजार क्षेत्रमा अन्दाजी ३०–३५ वर्ष उमेरका एक पुरुषको शव फेला परेको छ।

स्थानीयका अनुसार  बजार क्षेत्रमा शव देखिएपछि प्रहरीलाई जानकारी गराइएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार मृतक पछिल्लो समयदेखि लौकहीमै बसोबास गर्दै सामान्य काम गरेर जीवनयापन गरिरहेका थिए। तर, हालसम्म उनको पहिचान खुल्न सकेको छैन।

घटनापछि पुगेको प्रहरी टोलीले क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800