इनरुवा, १४ वैशाख । सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रतिबन्धित औषधिसहित दुई जना किशोर पक्राउ परेका छन्।
अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका दुई जनालाई शंकाको आधारमा जाँच गरेको थियो।
जाँचका क्रममा मोरङको पथरीशनिश्चरे नगरपालिका–६ का १७ वर्षीय सुमन यादव (राजा) को साथबाट २० ट्याब्लेट नाइट्राजेपाम र सोही स्थानका १७ वर्षीय सरोज परियारको साथबाट ६०६ क्याप्सुल ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ।
दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ।